ad ad

खेल


ला लिगाको उपाधि होड रोमाञ्चक, रियललाई ७ अंकको अग्रता

ला लिगाको उपाधि होड रोमाञ्चक, रियललाई ७ अंकको अग्रता

नेपालखबर
असार २१, २०७७ आइतबार १४:३४,

एक समय शीर्ष स्थानमा रहेको बार्सिलोनालाई उछिन्दै रियल मड्रिडले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएसँगै स्पेनिस ला लिगा फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ।

आइतबार साँझ भएको खेलमा सर्जियो रामोसको निर्णायक गोल मद्दतमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै ७ अंकको अग्रता हासिल गरेको हो।

डानी ग्रासियाले मार्सेलोलाई फउल गरेपछि पाएको पेनाल्टीलाई रामोसले परिणत गरेपछि आइतबार साँझ सम्पन्न खेलमा रियलले बिल्बाओलाई १-० ले पराजित गरेको थियो।

बिहीबारमात्रै रामोसले गेटाफेविरुद्ध निर्णायक गोल गरेका थिए। कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग पुन: सुरु भएपछि भएका ७ खेलमा रामोसले ५ खेलमा गोल गरिसकेका छन। सबै खेल रियलले जितेको छ। 

योसँगै दोस्रो स्थानको बार्सिलोनासँग रियलले ७ अंकको अग्रता बनाएको छ। ३४ खेलबाट रियलको ७७ र एक खेल कम खेलेको बार्सिलोनाको ७० अंक छ। 

रियलले अब बाँकी चार खेलमध्ये ३ खेल जितेमात्रै ला लिगाको उपाधि उचाल्ने छ। २०१२ पछि उसले उपाधि उचाल्न सकेको छैन।

साविक विजेता बार्सिलोनाले आजै भिल्ला रियलको सामना गर्दैछ। उक्त खेलमा जित हात पारे बार्सिलोनाले शीर्षको ग्याप ४ अंकमा झार्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .