ad ad

समाज


बागलुङमा क्वारेन्टिनमा बसेका युवकको मृत्यु, काेराेना परीक्षणकाे रिपोर्ट आउन बाँकी

बागलुङमा क्वारेन्टिनमा बसेका युवकको मृत्यु, काेराेना परीक्षणकाे रिपोर्ट आउन बाँकी

नेपालखबर
असार २१, २०७७ आइतबार ४:५२,

भारतबाट आएर क्वारेन्टिनमा बसेका बागलुङका एक युवकको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका वडा नम्बर ४ स्थित क्वारेन्टिनमा यही असार ३ गतेदेखि बसेका २८ वर्षीय युवकको मृत्यु भएको त्यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भण्डारीले जानकारी दिए।

‘शनिबार राति सवा १२ बजेतिर उहाँको मृत्यु भएको हो,’ आइतबार बिहान नेपालखबरसँग उनले भने, ‘पीसीआर परीक्षणका लागि पठाइएको उहाँको स्वाबको रिपोर्ट भने आउन बाँकी छ।’

पोखरा विज्ञान प्रतिष्ठान प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्र उनको शव व्यवस्थान गर्ने तयारी रहेको उनले जानकारी दिए।

श्रीमतीलगायत उनको परिवारको पीसीआर रिपोर्ट भने आइसकेको र सबै नेगेटिभ आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। ‘उहाँ एकदमै सिकिस्त बिरामी हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँ क्षयरोगी हुनुहुन्थ्यो, फोक्सोको अपरेसनसमेत गरिएको थियो।’

उनका अनुसार हालै भारतमा उपचार हुन नसकेपछि उनी गाउँ फर्किएका थिए। उनी क्वारेन्टिन बसेको गाउँ भने उनको ससुराली हो।

उनको घर भने बागलुङकै निसिखोला गाउँपालिका वडा नम्बर २ रहेको गाउँपालिका अध्यक्ष तारानाथ शर्माले नेपालखबरलाई जानकारी दिए।

भारतबाट फर्केपछि उनी श्रीमतीसँगै ससुराली गाउँमा गएर क्वारेन्टिनमा बसेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .