कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि गरे।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुष र रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन्।
गोरखाका पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको हो। उनी यही असार १७ गते कतारबाट नेपाल आएका थिए भने १९ गते कोरोना पोजिटिभ देखिएको थियो।
त्यस्तै मृत्यु हुने अर्का रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध क्षयरोगको रोगी रहेको र उनको असार १७ गते मृत्यु भएको थियो। असार १८ गते उनकाे कोरोना पोजिटिभ रिपोर्ट आएको प्रवक्ता गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

प्रतिक्रिया