प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ।
सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुंगा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर शनिबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा सोही गाउँपालिकाको वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
उनका अनुसार सडकदेखि करिब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। रासस

प्रतिक्रिया