मोटरसाइकलको ठक्करबाट दाङको तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन्।
शाहलाई शनिबार बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
घाइते शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए। मोटरसाइकालको ठक्करबाट शाहको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
3
Shares

प्रतिक्रिया