समाज


उपत्यकाका ढलमा देखियो कोरोना भाइरस, विज्ञ भन्छन् : समुदायमा फैलिएको प्रमाण

उपत्यकाका ढलमा देखियो कोरोना भाइरस, विज्ञ भन्छन् : समुदायमा फैलिएको प्रमाण

नेपालखबर
असार २०, २०७७ शनिबार ७:१७,

काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस देखिएको छ।

सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल(सीएमडीएन)ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो।

संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको तथ्य सार्वजनिक गरेको हो।

सीएमडीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. दिवेश कर्माचर्याको नेतृत्वमा गरिएको अनुसन्धानले उक्त कुरा पत्ता लगाएको हो।

उनले अरु ठाउँमा दिशामा पनि कोरोना संक्रमण देखिएकाले काठमाडौंमा देखिन्छ कि देखिदैँन भन्ने अध्ययन गर्दा देखिएको बताए।

यो पनि: उपत्यकाको ढलमा कोरोना भाइरसः कसरी भयो अनुसन्धान?

‘उपत्यकाभित्रबाट दश दिन अघि चार ठाउँबाट ल्याएको नमूनामध्ये दुई ठाउँमा कोरोनाको भाइरस हामीले देखेका छौं,’ उनले भने, ‘त्यो देखिनुको मतलब समुदायमा कोरोना संक्रमित मान्छेहरु छन भन्ने हो।’

संस्थाले सार्वजनिक गरेको अनुसन्धानको नतिजा

 जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि गर्नु भएको बताए। 

दीक्षितले यस अनुसन्धानले समुदायमा परिक्षण एकदमै आवश्यक देखिएको बताए।

‘काठमाडौंमा सामाजमा कोरोना भाइरस फैलाएको छ कि छैन भनेर प्रश्न गरिरहेका थियौं। यसले छ भनेर संकेत गर्यो,’ दीक्षितले भने, ‘यसले परिक्षण एकदम जरुरी देखायो। सामाजमा छ भन्ने संकेत पायौं भने जो कोहीले पनि परिक्षण गर्न पाउनुपर्यो।’

उनले शंका लागेर, अस्पताल भर्ना भएरमात्रै हैन कि कसैलाई शंका लाग्दा नै सरकारले अनुमति दिएको प्रयोगशालामा गएर परिक्षण गर्न पाउनुपर्ने बताए।

‘त्यस्तो गर्दा व्यक्ति आफूपनि सुरक्षित हुन्छ र उसले आफ्नो परिवार तथा जोखिम समूहलाई पनि सुरक्षित राख्न सक्छ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad