समाज


चीनसँगको विवादबीच साउथ चाइना सीमा सैन्य अभ्यास गर्दै अमेरिकी नौसेना

चीनसँगको विवादबीच साउथ चाइना सीमा सैन्य अभ्यास गर्दै अमेरिकी नौसेना

नेपालखबर
असार २०, २०७७ शनिबार ६:५०,

सैन्य अभ्यासका लागि अमेरिकी सेनाले साउथ चाइना सीमा दुईवटा विमान वाहक पानीजहाज र केही युद्ध पोतहरु पठाउने तयारी गरेको सीएनएनले जनाएको छ।

अमेरिकी सैन्य अधिकारीहरुले फिलिपिन्स सी र साउथ चाइना सीमा सैन्य अभ्यास हुने जानकारी दिएका छन्।

यो सैन्य अभ्यास पहिल्यैदेखि तय भएको र पछिल्लो सयम बढ्दो राजनीतिक विवादका कारण नभएको सेभेन्थ फ्लिट युनिटका प्रवक्ता लेफ्टीनेन्ट जो जेली बताउँछन्।

यद्यपी चीनले यस क्षेत्रमा सैन्य अभ्यास गरेपछि नै अमेरिकी सेनाले सैन्य अभ्यास गर्न लागेको हो।

चीनले हालै उक्त क्षेत्रमा सैन्य अभ्यास गरेपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले शुक्रबार ट्वीटमा भनेका थिए,‘अमेरिका आफ्ना दक्षिणपूर्वी एसियाली मित्रहरुसँग यो विषयमा सहमत छ कि विवादित समुद्री क्षेत्रमा चीनको सैन्यअभ्यास अत्यधिक उत्तेजक छ। हामी बेइजिङको गैरकानुनी दाबीको विरोध गर्दछौं।’

हाल कोरोना भाइरस, ताइवान र हङकङको विषयमा चीन र अमेरिकाबीच विवाद जारी छ।

हङकङको लागि चीनले कानुन बनाएपछि अमेरिकी संसदमा हङकङका प्रदर्शनकारीलाई शरणार्थी मान्ने विधेयक पेश भएको छ। साथै अमेरिकाले चिनियाँ कम्पनीसँग कारोबार नगर्न पनि भनेको छ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गरिरहँदा अमेरिका स्वतन्त्र ताइवानको पक्षमा उभिएको छभने चीनकै कारण कोरोना भाइरस विश्वभर फैलिएको अमेरिकी अरोप छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad