समाज


काठमाडौं उपत्यकामा १ वर्षमा सवारी दुर्घटनामा परि १४५ को मृत्यु

काठमाडौं उपत्यकामा १ वर्षमा सवारी दुर्घटनामा परि १४५ को मृत्यु

नेपालखबर
असार २०, २०७७ शनिबार ४:२०,

काठमाडौं उपत्यकामा एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परि एक सय ४५ जनाले ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०७६ ०७७ मा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परि एक सय ४५ जनाको मृत्यु भएको र ६ हजार चार सय २४ जना घाइते भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका एक सय १७ पुरुष र २८ महिला छन्। यस्तै दुई सय २९ जना गम्भीर र छ हजार १९५ सामान्य घाइते भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भएका दुर्घटनामा दुईपाङ्ग्रे सवारी साधन बढी रहेका छन्।

एक वर्षमा छ हजार ६३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। यस्तै, छ हजार २२० कार भ्यान र जीप, दुई हजार ३३ बस, एक हजार ६३२ ट्रक र टिपर, २६७ माईक्रोबस, १४५ टेम्पो र १३२ शारीरिक शक्तिबाट चल्ने सवारी साधन दुर्घटना भएका छन्।

दुर्घटनामा ४७ पैदलयात्रु, ट्रकबाट पाँच, साइकलबाट पाँच, बसबाट छ, टिपरबाट तीन र कारबाट तीनजनाको मृत्यु भएको छ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउछन्। ‘चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो’, उनले भने।

ट्राफि प्रहरीका अनुसार चालकको लापर्वाही, यात्रुको गल्ती, प्रतिस्पर्धाले उछिन्ने काम, तीव्रगति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहुँगो सामान बोक्दा धेरै दुर्घटना हुने गरेको छ।

काठमाडौँ उपत्यकामा गत वर्ष सवारी दुर्घटनाका कारण २५४ जनाको मृत्यु भएको थियो। काठमाडौँ उपत्यकामा हाल सानाठूला १२ लाख तथा देशभर झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad