ad ad

समाज


लागुऔषधसहित सुनसरीबाट एक जना पक्राउ

लागुऔषधसहित सुनसरीबाट एक जना पक्राउ

नेपालखबर
असार १९, २०७७ शुक्रबार १४:५८,

सशस्त्र प्रहरीले सुनसरीको कोशी गाँउपालिका ५ कुम्याहीस्थित सीमा ईलाकाबाट विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाँउपालिका ४ बस्ने ३७ वर्षीय प्रमुन मियाँ रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस कुम्याहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज मियाँको साथमा स्पास्मो प्रोक्सिभन चार सय ४० वटा र डाईलेक्स डिसी ३१ बोतल फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका मियाँलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

यता, मोरङ जिल्लाको जहदा गाँउपालिका १ लंकाटोलस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले सात केजी गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस लंकाटोलबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो। बरामद गाँजा स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .