समाज


भारतमा अपराधी पक्रन गएका डीएसपीसहित ८ प्रहरी मारिए

भारतमा अपराधी पक्रन गएका डीएसपीसहित ८ प्रहरी मारिए

नेपालखबर
असार १९, २०७७ शुक्रबार ३:१,

भारतमा बिहीबार राति एक कुख्यात अपराधी पक्राउ गर्न गएको प्रहरी टोलीविरुद्ध अन्धाधुन्ध गोली प्रहार हुँदा डीएसपीसहित ८ प्रहरीको निधन भएको छ भने कैयौं घाइते भएका छन्। अहिले घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अबेर राति कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न कानपुरको चौबेपुर थाना क्षेत्रका दिकरु गाउँमा पुगेको प्रहरीको टोलीलाई आपराधिक समूहले अन्धाधुन्ध गोली बर्साएको हो।

त्यस क्रममा गोली लागेर डेप्टी एसपी देवेन्द्र मिश्रा, तीन सब-इन्स्पेक्टर र चार कन्स्टेवलको मृत्यु भएको कानपुर राज्य प्रहरीका महानिर्देशक हितेषचन्द्र अवस्थलीले बीबीसी हिन्दीलाई जानकारी दिएका छन्। 

उनले भनेका छन्, ‘कानपुरका एक कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ गएको थियो। पुलिसलाई रोक्न उनीहरूले जेसीबी तेर्स्याएर बाटो छेकेका थिए। पुलिस टोली पुग्नेबित्तिकै उनीहरूले छतबाट गोली हान्न सुरु गरे। घटनामा प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र मिश्र, तीन सब-इन्स्पेक्टर र चार कन्सटेवल सहिद भएका छन्। अहिले घटनास्थलमा अनुसन्धान टोली पुगेको छ।’

घाइते प्रहरीलाई कानपुरको रिजेन्सी अस्पताल भर्ना गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे र अनुसन्धान भइरहेको भारतीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

दुवेको टाउकाको मोल भारतीय प्रहरीले २५ हजार तोकेको छ। जिल्ला पञ्चायतका पूर्वसदस्यसमेत रहेका दुबेविरुद्ध ५३ अभियोग रहेको कानपुर प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad