कारोबार


नेपाल न्यून आय भएको मुलुकबाट निम्नमध्यम आय भएको मुलुकमा उक्लियो

नेपाल न्यून आय भएको मुलुकबाट निम्नमध्यम आय भएको मुलुकमा उक्लियो

नेपालखबर
असार १९, २०७७ शुक्रबार २:३२,

नेपाल न्यून आय भएको मुलुकबाट निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ।

विश्वबैंकले बिहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल इतिहासमै पहिलोपटक निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो। दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक माल्दिभ्स बनेको छ।

सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकलाई विश्व बैँकले न्यूनमध्यम आय वर्गमा राखेको छ। सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्वबैंकले जनाएको छ।

विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने मुलुकलाई न्यून आयवर्गमा राख्दै आएको छ।

सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर छ। माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै मुलुक बनेको छ।

दक्षिण एशियाली मुलुकमध्ये अब अफगानिस्तान मात्रै न्यून आय भएको मुलुक हो। जसको प्रतिव्यक्ति आय ५ सय ४० अमेरिकी डलरमात्रै रहेको विश्व बैँकले जनाएको छ।

विश्वबैंकले उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी संसारभरिका मुलुकलाई चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ । १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून आयवर्गमा पर्छन्।

त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ । ४ हजार ४६ देखि १२ ३ सय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ।

विश्व बैँकका अनुसार विश्वका २९ मुलुक न्यून आयवर्गमा परेका छन्। त्यस्तै, नेपालसहित ५० मुलुक निम्नमध्यम वर्ग, ५६ मुलुक उच्च मध्यम वर्ग र ८३ मुलुकहरू उच्च आयवर्गमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad