समाज


बेलायतमा कोरोनाविरुद्ध खोप तेस्रो परीक्षणमा, ८ हजार जनाले लगाउँदै

बेलायतमा कोरोनाविरुद्ध खोप तेस्रो परीक्षणमा, ८ हजार जनाले लगाउँदै

नेपालखबर
असार १८, २०७७ बिहिबार १:२२,

बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ।

संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको हो।

अक्सफोर्डका भ्याक्सोलजी प्राध्यापकले सारा गिलबर्टका अनुसार अब खोप तेस्रो चरणको परीक्षण क्रममा रहेको र त्यो खोप लगाउन ८ हजार स्वयंसेवकले नाम दर्ता गराइसकेका छन्।

तर उनले यो खोप कहिलेसम्म आम प्रयोगका लागि तयार हुन्छ भन्ने खुलाइनन्, किनकि यो परीक्षणबाट आउने नतिजामा भर पर्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad