ad ad

समाज


प्रहरी परिसर ललितपुरमा नयाँ ब्यारेक भवन उद्घाटन

प्रहरी परिसर ललितपुरमा नयाँ ब्यारेक भवन उद्घाटन

नेपालखबर
असार १७, २०७७ बुधबार १०:४१,

महानगरीय प्रहरी परिसर ललितपुरमा नयाँ ब्यारेक भवन निर्माण गरिएको छ। नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उद्घाटन गरेका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको सहयोगमा २ हजार १ सय ६० वर्गमिटर क्षेत्रफलमा निर्मित २४ कोठे उक्त भवन कुल ८ करोड ३१ लाख १० हजार ३ सय ९ रुपैयाँ १३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको प्रहरी निरीक्षक इन्जिनियर रोशन सारुले जानकारी दिए।

सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताए। भवन उद्घाटन पश्चात उनले भवन निर्माणमा विशेष योगदान पुर्‍याउने ७ जनालाई प्रशंसापत्र वितरण गर्नुका साथै नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण समेत गरेका थिए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललगायत प्रहरी अधिकृत र स्थानीयको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .