टाइम्स अफ इन्डियाका अनुसार गत जुन २२ मा ती आमा–छोरी जमिनको विवादको विषयमा उजुरी दिन डियोरियास्थित पुलिस स्टेसनमा पुगेका थिए।
भट्नी पुलिस स्टेसनमा इन्सपेक्टर भिष्मपाल सिंह यादवले सो क्रममा आमा–छोरीकै अगाडि हस्तमैथुन गरेका थिए।
ती आमा–छोरीले उक्त कार्यको भिडियो खिचेका कारण इन्सपेक्टर भिष्मपाललाई कारवाही गर्न सजिलो भएको एसपी श्रीपति मिश्रले बताएका छन्।
निलम्बनमा परेका इन्सपेक्टरमाथि यौन दुर्व्यवहारको मुद्दा हालिएको छ। टाइम्स अफ इन्डिया
प्रतिक्रिया