पोखरा लेडी जेसिजले ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने २० जनाको कोरोना बीमा गराइदिएको छ। कोरोना जोखिम बढ्दै गएको अवस्थामा ज्यालामजदूरी गर्नेमा जोखिन बढ्न सक्ने जनाउँदै लेडी जोसिजले प्रतिव्यक्ति रु ५० हजारको बीमा गरिदिएको जेसिजका अध्यक्ष शोभा भुजेलले जानकारी दिइन्।
ठेलामा तरकारी बेच्ने, अपाङ्गता भएका र निर्माणसम्बन्धी काम गर्ने मजदूर गरी नौ पुरुष र ११ महिलाको कोरोना बीमा गरिएको हो। संस्थाले सोही अवसरमा आफ्ना ६४ सदस्यको पनि सामूहिक कोरोना बीमा गराएको छ।
पोखरा लेडी जेसिज र नेपाल इन्स्योरेन्सबीच सोमबार सम्झौता भएको संस्थाका कोषाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिइन्। कम्पनीका शाखा प्रमुख प्रतीक्षा कार्कीका अनुसार बीमा गरिएको मितिले १५ दिनपछि बीमा सम्झौता कार्यान्वयन हुनेछ। रासस

प्रतिक्रिया