ad ad

समाज


काठमाडौं महानगरपालिकाका कर्मचारी घुससहित समातिए

काठमाडौं महानगरपालिकाका कर्मचारी घुससहित समातिए

नेपालखबर
असार ३०, २०७६ सोमबार १२:३२,

काठमाडौं महानगरपालिका, समाजिक विकास विभागका नायव सुब्बा (पाचौँ तह) कृष्ण प्रसाद सोती एक लाख ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

महानगरको नगर कार्यपालिका कार्यालय बबरमहलमा कार्यरत नासु सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरीको आधारमा आयोगको टङ्गालबाट खटिई गएको टोलीले सोतीलाई सेवाग्राहीसँग लिएकाे घुस वापतको रकमसहित कार्यालयबाटै रङ्गेहात नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .