ad ad

राजनीति


अमेरिकी दूतावासद्वारा नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना

अमेरिकी दूतावासद्वारा नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना

नेपालखबर
असार ३०, २०७६ सोमबार १२:२७,

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी, राष्ट्रसंघीय आवासीय संयोजक भ्यालरी जुलिएन्ड तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले संयुक्त रूपमा सोमबार सन् २०१९ को एभरेस्ट अन्तर्राष्ट्रिय नमूना राष्ट्रसंघीय सम्मेलनको उद्‍घाटन गरेका छन्। अमेरिकी दूतावासले युथ थिङ्कर्स सोसाइटीसँगको साझेदारीमा आयोजना गरेको उक्त सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रका विभिन्न २० देशका २०० प्रतिनिधि सहभागी छन्।

सम्मेलनमा उनीहरूले सुलभ तथा सुपथ मूल्यका खाद्यान्नका लागि पूर्वाधार निर्माणदेखि लिएर साइबर सुरक्षा तथा तथ्याङ्क संरक्षण संयन्त्र विकाससम्मका विषयवस्तुमा छलफल गर्नेछन्।

प्रतिनिधिहरूलाई सम्बोधन गर्दै अमेरिकी राजदूत बेरीले भने, 'अन्तर्राष्ट्रिय मानदण्डहरूको पालना गर्नु प्रत्येक राष्ट्रको जिम्मेवारी हो र सबै देशको मर्यादित हुने र दबाबबाट मुक्त हुने सार्वभौम रोजाइलाई सम्मान गर्नु पर्दछ भन्ने कुरामा संयुक्त राज्य अमेरिका विश्‍वास गर्दछ।'

us embassy1

उनले विद्यार्थीहरूलाई सम्मेलनमा सिकेका सीप तथा ज्ञानगुनका कुराहरूलाई आफ्नो भावी अध्ययन तथा वृत्तिविकासमा सदुपयोग गर्न प्रोत्साहित गरे।

कार्यक्रममा बोल्दै राष्ट्रसंघीय आवासीय संयोजक भ्यालरी जुलिएन्डले भने, 'युवासँग परिवर्तन सिर्जना गर्नसक्ने शक्ति छ। नमूना राष्ट्रसंघीय अभ्यास युवाका लागि दिगो विकास लक्ष्य प्राप्‍ति र जलवायु परिवर्तनविरुद्ध सङ्‌घर्ष जस्ता स्थानीय तथा विश्‍वव्यापी मुद्दाहरूको सम्बोधनमा संलग्न हुने उत्तम अवसर हो।'

us embassy2

साताभर विद्यार्थीहरूले राष्ट्रसंघीय सुरक्षा परिषद्, युएन वुमेन, संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्, विश्‍व खाद्य कार्यक्रम तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका समिति अधिवेशनहरूको अभ्यास गर्नेछन्। प्रतिनिधिहरूले राष्ट्रसंघीय विज्ञ वक्ता तथा वृत्तिविकास प्यानल छलफलमा भाग लिनेछन्।

सबै प्रतिनिधिहरूको विविध सांस्कृतिक पृष्ठभूमिलाई समेटेर तयार पारिएको सञ्‍जाल निर्माण कार्यक्रममा समेत उनीहरू सरिक हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .