समाज


फेसबुक बहिष्कार गर्दै विश्वका ब्रान्डेड १७ कम्पनी (सूचीसहित)

फेसबुक बहिष्कार गर्दै विश्वका ब्रान्डेड १७ कम्पनी (सूचीसहित)

नेपालखबर
असार १५, २०७७ सोमबार ४:२,

जातीय विभेद फैलाएको आरोप लगाउँदै विश्‍वका प्रख्यात् ब्रान्डेड कम्पनीहरूले अब फेसबुकमा आफ्ना विज्ञापन रोक्ने घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम यूएसए टुडेका अनुसार पछिल्लो समय अमेरिकामा भइरहेको जातीय भेदभावसम्बन्धी गलत विषयवस्तु सेयर गरेको भन्‍दै विश्‍वचर्चित ब्रान्ड कोकाकोला, युनिलिभर, होन्डा, भेरिजोन, बेन एन्ड जेरिजले फेसबुक त्‍याग्‍ने घोषणा गरेका हुन्।

अमेरिकामा प्रहरीको यातनाबाट काला जातिका जर्ज फ्लोइडको मृत्यु भएपछि रंगभेदविरुद्ध आन्दोलन चर्किएको छ। त्यही सन्दर्भमा ती कम्पनीले यही जुन १७ देखि स्टोपहेट फर प्रोफिट क्‍याम्पियनमार्फत  एनएएसीपी, कलर अफ चेन्ज र एन्टी-डिफेमेसन लिगलगायत नागरिक अधिकार समाजको अगुवाइमा प्रदर्शन सुरु गरेका हुन्। 

लेभिजका प्रमुख कार्यकारी अधिकृत जेनले आफ्नो कम्पनीले जुलाईको अन्त्यसम्‍ममा फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी रूपमा विज्ञापन बन्द गर्ने बताएका छन्। उनले भनेका छन्, ‘अब हामी फेसबुकमा कुनै पनि प्रकारको विज्ञापन प्रसारण गर्नेछैनौं।’

यस्तै ब्रान्ड बेन एन्ड जेरीका सिइओले पनि जातीयत असमानताविरुद्ध फेसबुक र इन्स्टाग्राममा कडाइसाथ आफ्ना कम्पनीका विज्ञापन बन्द गर्ने बताएका छन्।

यस्तै विश्वभर प्रख्यात् ब्रान्ड युनिलिभरले आफ्ना उत्पादन डोभ र हेल्मनलाई फेसबुकमा प्रचार नगर्ने जनाएको छ। उसले भनेको छ, ‘युनिलिभरले फेसबुक, ट्विटर र इन्स्टाग्राममा दिने विज्ञापन यो वर्षको अन्त्‍यबाट रोक्‍नेछ।’

फेसबुकका सीईओ मार्क जुकरवर्गले भने अब आउने दिनमा फेसबुकलाई राम्रो क्षेत्रमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता व्‍यक्त गरेका छन्। उनले भनेका छन्, ‘म आशावादी छु कि सार्वजनकि स्वास्थ्‍य र जातीय न्‍यायका लागि लोकतान्त्रिक विधिबाट फेसबुकले कदम उठाउनेछ र स्वतन्त्र रुपमा आफ्नो मत जाहेर गर्नेछ।’ 

फेसबुक त्याग्ने साेचमा रहेका १७ कम्पनी

बेन एन्ड जेरी
बीर्चबक्स
कोकाकोला
डोकर्स
इडी बाउअर
दि हर्सी कम्पनी
होन्डा
जान स्पोर्ट
लेभिज
लुलुलेमन
म्‍यागनोलिया पिक्चर्स
मोजिला
द नोर्थ फेस
प्याटागोनिया
आरईआई
युनिलिभर
भेरिजोन 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad