समाज


अझै तीन दिन झरी नरोकिने, आज पनि विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना

अझै तीन दिन झरी नरोकिने, आज पनि विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना

नेपालखबर
असार १५, २०७७ सोमबार १:३६,

झन्डै एक हप्तादेखि देशभर जारी वर्षा आज पनि रोकिएको छैन। मौसम पूर्वानुमान महाशाखका अनुसार अहिले पनि देशभरका केही स्थानमा पानी परिरहेकै छ।

आज दिउँसो पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै प्रदेश १, २, ५ र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी आज राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहनेछ भने प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ।

२४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले वर्षा हुने क्षेत्रमा बाढीपहिरो तथा डुबानको समेत खतरा रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ।

वर्षा आगामी तीन दिन अर्थात् बुधबारसम्म नरोकिने मौसमविद्ले बताएका छन्। सामान्यतया मौसमविद्ले तीन दिनसम्मको मौसमी अनुमान गर्ने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad