समाज


सप्तकोशीमा पानीको बहाव घट्दै

सप्तकोशीमा पानीको बहाव घट्दै

नेपालखबर
असार ३०, २०७६ सोमबार १०:२१,

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ। तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए।

दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्यारेज भएर बग्ने सप्तकोशी नदीको पानीको बहावमा कमी आएको उनले बताए। उनका अनुसार सोमबार पछिल्लो समय गरिएको मापनअनुसार कोशी ब्यारेजमा एक लाख ९३ हजार ७०५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ।

पानीको बहाव घटेपछि अहिले कोशी ब्यारेजको २८ वटा ढोका खुला गरिएको छ। पानीको बहावअनुसार ढोका खुल्ला गर्ने र बन्द गर्ने भएकाले कुन बेला कतिवटा ढोका खोल्ने भन्ने विषयमा आफूहरु अनभिज्ञ रहेकोसमेत सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए।

केही दिन अगाडि विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम उद्धृत गरेर भारतीय पक्षको दबाबका कारण कोशी ब्यारेजको ढोका खोल्न नमानेको समाचारमा आफूलाई केही जानकारी नभएको र यो विषय ‘कन्ट्रोल रुम’ले हेर्ने भएकाले आफूलाई कन्ट्रोल रुमबाट आएको जानकारी बाहिर दिने गरेको प्रहरी निरीक्षक भण्डारीले बताए। कोशी ब्यारेजमा पानीको बहाव हेरेर ढोका खोल्ने र बन्द गर्ने भएकाले यस विषयमा आफू अनभिज्ञ रहेकोसमेत उनले स्पष्ट पारे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .