समाज


स्याङ्जाका १२ महिने शिशुसहित थप २२ जनामा कोरोना संक्रमण

स्याङ्जाका १२ महिने शिशुसहित थप २२ जनामा कोरोना संक्रमण

वाशुदेव मिश्र
असार १३, २०७७ शनिबार २:५५,

स्याङ्जाका १२ महिने संक्रमित शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनी आफ्ना अभिभावकसँगै भारतबाट आएको खुलेको छ। भारतमा होटल व्यवसाय गर्दै आएका शिशुका अभिभावक ३१ जेठमा नेपाल आएका थिए।

शनिबार गण्डकी प्रदेशमा १२ महिने एक शिशुसहित ३२ जनामा कोरोना पुष्टि भएको छ। जसमा २२ जना स्याङ्जाका छन्। ‘संक्रमित शिशुसहित उनका अभिभावकलाई हामीले गाउँपालिकाकै क्वारेण्टिनमा राखेका थियौं’, अर्जुन चौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले भने, ‘आज आएको क्वारेण्टिनमै बसेकाहरुकै रिपार्ट हो।’

शनिबार गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो परीक्षण रिपोर्ट अनुसार अर्जुनचौपारीमा मात्रै १९ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकाहरु सबै भारतबाट नै आएकाहरु हुन्।

असार ५ गते क्वारेण्टिनमा बसेकाहरुको स्वाब पठाइएकोमा शनिबार मात्रै रिपोर्ट आएको उनले प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । उनका अनुसार अर्जुन चौपारीमा रहेको क्वारेण्टिनमा हाल ९२ जना रहेका छन् । तीमध्ये ११ जना तेस्रो मुलुकबाट आएका छन् भने बाँकी भारतबाटै आएका हुन्।

104497229 321637828857355 9116977850072643131 n

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad