काठमाडौंमा एक सय ६८ किलोग्रामकी एक महिलाले शिशुलाई जन्म दिएकी छन्।
नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा ३१ वर्षीया महिलाले शुक्रबार शल्यक्रियामार्फत् शिशुलाई जन्म दिएकी हुन्। अहिले आमा र शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। ती महिला काठमाडौंकै हुन्।
नर्भिक अस्पताल स्रोतका अनुसार अस्पतालकी बाँझोपन रोग विशेषज्ञ एवं ल्याप्रोसकोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टोली शल्यक्रियामा संलग्न थिए। शिशुको तौल २.९५ किलोग्राम छ।
अस्पताल स्रोतका आधुनिक प्रविधिको उपयोग गरेर ती महिलाले सन्तान जन्माएकी हुन्। तौल असामान्य भए पनि ती महिलालाई कुनै रोग नरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
सम्भवतः एक सय ६८ किलो तौल भएकी महिलाले सफल रुपमा शिशुलाई जन्म दिएको नेपालमै पहिलो घटना हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।
Shares

प्रतिक्रिया