समाज


सर्पको डसाइबाट डेढवर्षे बालकको मृत्यु

सर्पको डसाइबाट डेढवर्षे बालकको मृत्यु

नेपालखबर
असार ११, २०७७ बिहिबार १२:११,

सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ।

घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन्।

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad