समाज


जनप्रतिनिधिले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

जनप्रतिनिधिले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

नेपालखबर
असार ११, २०७७ बिहिबार ११:२२,

नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा नुवाकोटमा पत्रकारहरुमाथि भएको दुर्व्यवहार र सञ्चार सामग्री र सवारी साधनमा भएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ नुवाकोट शाखाका अनुसार असार १० गते नुवाकोटको तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गरिरहेका महासंघ नुवाकोट शाखाका कार्यसमिति सदस्य एवं टीभी त्रिसुलीका समाचार प्रमुख सुजित भण्डारीलाई उक्त गाउँपालिका वडा नं. १, ३ र ६ का वडा अध्यक्षहरु क्रमशः दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले दुर्व्यवहार गर्दै पत्रकार भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गरेका छन् भने त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएम प्रमुख विष्णुप्रसाद अधिकारीलाई दुर्व्यवहार र आक्रमण प्रयास गर्दै पत्रकारद्वयको सवारी साधनमा समेत क्षति पु-याएका छन्।

बिहीबार विज्ञप्ति प्रकाशित गरी महासंघले नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधिहरुबाट कार्यक्रमा बोलाएर उल्टै समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार, आक्रमण तथा तोडफोड गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ।

‘यो घटनाले स्थानीय निकायमा जनप्रतिनिधिहरुको गैरजिम्वारीपनको उजागर हुनुका साथै पत्रकारहरु उनीहरुबाट असुरक्षित रहेको थप प्रष्ट्याएको छ’ महासंघले भनेको छ।

महासंघले घटनाकाे कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्नहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन र स्वतन्त्र र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न एवं पत्रकारको सञ्चार सामग्रीमा पुगेको क्षतिको क्षतिपूर्ति दिलाउन माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad