समाज


नेपालमा २४ घण्टाभित्रै दुई कोरोना संक्रमितको निधन

नेपालमा २४ घण्टाभित्रै दुई कोरोना संक्रमितको निधन

नेपालखबर
असार ११, २०७७ बिहिबार १०:५२,

नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमित व्यक्तिको निधन भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पोखरामा एक र ललितपुरमा १ गरी २ जनाको ज्यान गएको पुष्टि गरे।

गएराति पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्याङ्जाको आँधीखोला गाउँपालिका, सिरुवारीका ५५ वर्षीय पुरुष निधन भएको थियो। उनको बिहीबार शव समेत व्यवस्थापन गरिसकिएको छ।

त्यस्तै बिहीबार दिउँसो पाटन अस्पतालमा उपचाररत् चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको निधन भएको हो। उनको अहिले शव व्यवस्थापनको तयारी भइरहेको प्रवक्ता गौतमले जनाकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad