कारोबार


‘राकुटेन भाइबरका प्रयोगकर्ताको गोपनीयता भंग हुँदैन’

‘राकुटेन भाइबरका प्रयोगकर्ताको गोपनीयता भंग हुँदैन’

नेपालखबर
असार ११, २०७७ बिहिबार ११:१,

कोभिड–१९ को महामारी भएदेखि हामीमध्ये धेरैले न्यू नर्मल अपनाइ आ–आफ्नो घरको सुरक्षामा बसेका छौं। फोब्र्सका अनुसार यस लगतै हाम्रो इन्टरनेट प्रयोग लगभग ७० प्रतिशतले ह्वात्तै बढेको छ।

त्यसैले, अहिले हामीले घरबाट काम गरिरहेको बेला, हाम्रा उपकरणहरुको सहायताले टाढा रहेका हाम्रा प्रियजनहरु त्था साथीभाइहरुसँग कुराकानी गर्दा हाम्रो गोपनीय जानकारी पहिलेभन्दा बढी जोखिममा पर्न सक्छ।

अहिलेको समयमा कतिपय सञ्चार एपहरुमा गोपनीयताको विषयलाई लिएर प्रश्न उठ्ने गरेको छ। प्रायः भिडियो कन्फरेन्स एप अथवा मोबाइल भिडियो सोसियल नेटवर्किङ्ग एपहरुले डाटालाई तेस्रो पक्षमा लिक गराउन सक्ने आशंका गरिन्छ। यस्का साथै कोभिड–१९ को विस्तार रोकथाम गर्न गरिने कन्ट्रयाक्ट ट्रेसिङ्गको लागि निर्माण गरिएका एपहरु प्रयोग गर्नमा समेत सावधान गराइएको छ। यी एपहरु अहिलेको परिस्थितिमा सहयोगी हुने भएपनि तिनले रियल टाइममा स्थलगत डाटा भण्डारण र प्रशोधन गर्न सक्छन्।

कम्पनीका अनुसार राकुटेन भाइबर, विश्वका प्रमुख मैसेजिङ्ग एपहरुमध्ये एक हो जसले अनलाइन सुरक्षा प्राथमिकीकरण गर्न धेरै तरिकाहरु प्रदान गर्दछ। यो प्रयोगकर्ताहरुको डाटा संरक्षण गर्नलाई गरिएको प्रतिबद्धताप्रति ऐक्यबद्धमा आधारित छ।

‘अन्य एपहरुले प्रयोगकर्ताकोे डाटा बजारमा प्रवद्र्धन गरी मार्केटिङ्ग अभियानहरुको सुधार गर्न वा अन्य कम्पनीहरुलाई बिक्री गर्न प्रयोग गर्न सक्छन् भने भाइबरबाट प्रेषित निजी सन्देशहरु स्वतः नै इन्क्रिप्टेड हुन्छन्, जसको अर्थ हो कि भाइबरले पनि भाइबर प्रयोगकर्ताहरुको च्याट हेर्न असम्भव नै हुन्छ । भाइबरमा तपाईंले यो सुनिश्चित् गर्न सक्नु हुन्छ कि तपाईंले पठाउनु हुने प्रत्येक सन्देश तपाईंले जुन उपकरणलाई पठाउनु भएको हो, त्यसमा मात्र पढ्न सकिन्छ’ राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले भने।

केही निर्देशनहरु पालना गरी आफ्नो उपकरणमा रहेको सूचना सुरक्षित गर्न सकिनेछ। आफ्नो फोनको गोपनीयता सेटिङ्गस जाँच गरीे आफ्नो फोनमा भएको कुन कुन एपहरुलाई जहाँबाट पनि डाटाको पहुँचमा पुग्ने अनुमति प्रदान गरिएको छ भनि हेर्न सकिन्छ। यदि कुनै एप जसको पहुँच कुनै त्यस्तो ठाऊँसम्म नहोस् भन्ने लाग्छ भने त्यसलाई बन्द गर्न टगल स्वीच दबाउन सकिनेछ।

यदि ग्राहकले सेयर्ड उपकरण प्रयोग गरी गरेका छन् भने टाइप गरेको संवेदनशील जानकारी संरक्षण गर्न अटो फिल बन्द गर्नु उचित हुुन्छ। आफ्नो काम सकेपछि एपहरुबाट लग आउट गर्नु पर्छ, ताकि अन्य प्रयोगकर्ताले निजी विवरण देख्न नसकुन्।

कम्पनीले भनेको छ, ‘जब एप इन्स्टल गर्ने कुरा आउँछ तब पनि सावधानी अपनाउन जरुरी हुन्छ। केवल विश्वासिला स्टोरहरु जस्तै एप स्टोर वा प्ले स्टोरबाट एपहरु प्राप्त गर्नुहोस् र यदि ती एपहरु भरोसापूर्ण र सुरक्षित छन् भने मात्र डाउनलोड गर्नुहोस्। धेरैजसो एपहरुले तपाईंको डाटा संग्रह गर्न, व्यवसाय गर्न र विज्ञापन गर्ने उद्देश्यहरुले प्रयोग गर्न सक्छन् भन्ने सम्झनुहोस्। तपाईंको फोनमा भएको प्रत्येक एपलाई सरसर्ती हेर्नुहोस् र यो ध्यानमा राख्नुहोस् कि हरेक एपले अव्यक्त रुपमा गोपनीयता समस्या ल्याउन सक्छन्। तपाईंले नसोच्नुभएको एप जस्तै एउटा फोटो इडिटिङ्ग एप पनि तपाईंको सम्पर्क, ठेगाना र विवरणसम्म पुग्ने बाटो हुन सक्दछ। तपाईंले शायदै प्रयोग गर्ने एप भेट्नु भएमा त्यसलाई मेटाइहाले तपाईंको फोनमा भएको एउटा सुरक्षा जोखिम कम हुनेछ।

भाइबर पूर्वनिर्धारित नै इन्क्रिप्टेड भएकोले तपाईंले यसबाट आफ्नो डाटा लिक हुने वा बिक्री हुने चिन्ता लिइरहनु पर्दैन। ‘राकुटेन भाइबरमा हामी गर्वका साथ भन्छौँ कि हाम्रा प्रयोगकर्ताको गोपनीयतालाई हामी अगाडी राख्छौं। हामी तपाईंको डाटा कहिल्यै पनि बिक्री गर्ने छैनाैं र वास्तवमै हामि त्यो डाटा हेर्न समेत सक्दैनौ’ राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले भने।

राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ। हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन्। हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन्।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ। भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भने गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad