बुधबार खानले राष्ट्रिय सभामा सम्बोधन गर्दै पाकिस्तानमा ३० प्रतिशत पाइटलसँग नक्कली लाइसेन्स भएको र उनीहरु विमान उडाउन योग्न नभएको बताएका हुन्।
बुधबार खनले भने,‘यहाँका २ सय ६२ पाइलटले आफैंले पाइलटको परीक्षा दिएका छैनन्। उनीहरुले परीक्षास्थलमा अर्कैलाई पठाएर पाइलट परीक्षा पास गरेका छन्।’
पाकिस्तानमा हाल ८ सय ६० पाइलटले आन्तरिक उडान गरिरहेका छन्। हाल पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले नक्कली पाइलटको खोजी गरिरहेको खानको भनाइ छ।
हालै पाकिस्तानमा विमान दुर्घटना हुँदा ९७ जनाको मृत्यु भएको थियो। मे २२ का दिन कराँचीमा भएको दुर्घटनामा विमान उडाउने जिम्मा पाएका पाइलट पनि नक्कली थिएकी थिएनन् भन्ने विषयमा भने खानले जानकारी दिएनन्। सीएनएन

प्रतिक्रिया