अटो


ग्राहकका लागि फोर्स मोटर्सले ल्यायो आकर्षक अफर

ग्राहकका लागि फोर्स मोटर्सले ल्यायो आकर्षक अफर

नेपालखबर
असार ११, २०७७ बिहिबार १०:३,

नेपालका लागी फोर्स मोटर्सको आधिकारिक आयात कर्ता तथा वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले कोरोना महामारीका बेला स्थिति सहज बनाउनका लागी आफ्ना ग्राहकहरुका लागि बृहत प्याकेज योजना ल्याएको छ।

उक्त योजना अन्तर्गत फोर्स कम्पनीको बिभिन्न मोडेलका गाडी खरिद गरिसकेपछि ग्राहकहरुले बैंक/फाइनान्समा तिर्नु पर्ने १ वर्षसम्मको किस्ता रकम कम्पनीले नै तिरिदिने साथै १ लाख रुपैयाँ सम्मको नगद छुट दिने भएको छ।

आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले बिगत ६ वर्षदेखि फोर्स मोटर्सको बिभिन्न मोडेलका गाडीहरुको आयात तथा बिक्रि वितरण गर्दै आएको छ।

कम्पनीले सबैभन्दा धेरै सिट क्षमता भएको जिप (१४ सिट) र ३ वर्ष वा ३ लाख कि. मि. को इन्जिन वारेन्टी भएको मर्सिडिज बेन्जइन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडीहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ।

यो योजना यहि २०७७ को असार मसान्त भित्रमा खरिद वा बुकिङ्ग गर्ने ग्राहकहरुका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad