समाज


एकै स्थानीय तहमा ४० सहित कञ्चनपुरमा थपिए ५८ संक्रमित

एकै स्थानीय तहमा ४० सहित कञ्चनपुरमा थपिए ५८ संक्रमित

गोकुल जोशी
असार ११, २०७७ बिहिबार १०:२५,

कञ्चनपुरमा बिहीबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११ महिला सहित ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ४०, शुक्लाफाँटा नगरपालिकाका १३ र बेदकोट नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो। अन्य दुई जनाको भने स्थान खुलेको छैन्।

सबै भन्दा बढी कृष्णपुर नगरपालिकामा मात्रै संक्रमित संख्या १०८ पुगेको छ।

यो सँगै कञ्चनपुरमा कोरोना संक्रमितको कूल संख्या २६१ पुगेको छ। ती मध्ये ६८ जना अस्पतालबाट उपचार पछि घर फर्किएका छन्।

याे पनि: कञ्चनपुरमा एकै नगरपालिकाका ८५ जनामा संक्रमण पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad