समाज


ललितपुरका थप एक कोरोना संक्रमितको मृत्यु

ललितपुरका थप एक कोरोना संक्रमितको मृत्यु

नेपालखबर
असार ११, २०७७ बिहिबार ९:१,

पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमित अर्का एक व्यक्तिको बिहीबार मृत्यु भएको छ।

चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा‍. खगेश्वर गेलालले बताए।

ललितपुरमा मृत्यु हुने यी दोस्रो कोरोना संक्रमित व्यक्ति हुन्। यसअघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो।

पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका उनमा असार ५ गते संक्रमण पुुष्टि भएपछि पाटन अस्पताल ल्याइएको थियो।

उनको मृत्यु भएपछि शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली पाटन अस्पताल पुगिसकेको छ।

योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad