विश्वभर रंगभेदविरद्धको आन्दोलन चर्किरहेका बेला हिन्दुस्तान युनिलिभर कम्पनीले आफ्नो उत्पादन फेयर एन्ड लभलीबाट फेयर भन्ने शब्द हटाउने जानकारी दिएको हो।
फेयर शब्दले गोरो छालालाई प्रश्रय दिएको साथै यसले कालो छाला भएकालाई भेदभाव गरेको भन्ने आवाज उठेपछि कम्पनी फेयर शब्द हटाउन बाध्य भएको हो।
अब कम्पनीले यस उत्पादनको लागि नयाँ नाम खोज्ने भारतीय संचारमाध्यमले जनाएका छन्।
यस कम्पनीले फेयरनेस, ह्वाइटेनिङ र लाइटेनिङ भन्ने शब्दहरु जसले गोरो छालालाई जनाउँछ त्यस्ता शब्दहरु हटाउने पनि बताएको छ।
अमेरिकामा गत मे २५ का दिन प्रहरीले अश्वेत नागरिक जोर्ज फ्लाइडको घाँटीमा घुँडाले ९ मिनेट थिचेपछि उनको मृत्यु भएको थियो। त्यसयता विश्वभर रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ।
We’re committed to a skin care portfolio that's inclusive of all skin tones, celebrating the diversity of beauty. That’s why we’re removing the words ‘fairness’, ‘whitening’ & ‘lightening’ from products, and changing the Fair & Lovely brand name.https://t.co/W3tHn6dHqE
— Unilever #StaySafe (@Unilever) June 25, 2020

प्रतिक्रिया