अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङकी १७ वर्षीया छोरी सम्झना र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना रहेको प्रहरीले जनाएको छ।
सम्झनाकाे घरमै र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बा घाइते भएका छन्। उनलाई स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ।
अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो छ। रासस

प्रतिक्रिया