समाज


घुस लिएको आरोपमा वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार १०, २०७७ बुधबार १३:४१,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु तीन लाख घुस लिएको आयोगले आरोप लगाएको छ। आयोगको कार्यालय बुटवलबाट खटिइएको टोलीले वडाध्यक्ष पुनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

निजले आफ्नो वडाभित्र काठको काम गर्दा प्रतिक्युफिट रु ३० का दरले घुस दिनुपर्छ भनी सेवाग्राहीसँग उक्त रकम असुलेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad