नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११४ जना उपचारपछि निको भएर घर फर्केको बताए।
निको भएर घर फकनेमा ८ र पुरुष १०६ जना रहेको प्रवक्त गौतमले बताए।
योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।
प्रतिक्रिया