ad ad

राजनीति


राप्रपा समर्थित महिलाहरुको काठमाडौंमा विरोध प्रदर्शन

राप्रपा समर्थित महिलाहरुको काठमाडौंमा विरोध प्रदर्शन

नेपालखबर
असार १०, २०७७ बुधबार १०:४६,

देशमा बढिरहेको भ्रष्टाचार, अव्यवस्थित क्वारेन्टिन लगायतका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विरोध प्रदर्शन गरेको छ। बबरमहलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री एवं राप्रमसंकी अध्यक्ष कुन्ति कुमारी शाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान नदिएर सरकार भ्रष्टाचारमा मात्र केन्द्रित भएको आरोप लगाइन्।

मन्त्रीक्वाटरमा जीमखाना र राष्ट्रपति कार्यालयमा कोमल गलैंचा विछ्याउनुको सट्टा अव्यवस्थित रहेका क्वारेन्टिनलाई व्यवस्थित गर्नेतर्फ सरकारले समयमा ध्यान दिएको भए कुनै पनि महिला क्यारेन्टिनमै बलात्कारको सिकार हुनुपर्ने थिएन भन्दै पूर्व राज्यमन्त्री शाहीले क्वारेन्टिनमा बसेकाहरुलाई घृणित व्यवहार गरिएकोमा सरकारको विरोध गरिन्।

कोणसभामा राप्रमसंका नेतृहरु मिना सुवेदी, विजयकला राई, ३ नं. प्रदेशसभा सदस्य रिता माझी, कुमारी स्याङतान लगायतले सम्बोधन गरेका थिए।

विरोध -यालीमा सहभागी महिलाहरुले महिलामैत्री क्वारेन्टिनको व्यवस्था गर, लकडाउनमा भएको महिला हिंसा वृद्धिको अन्त्य गर, क्वारेन्टिनमा बलात्कृत भएकी महिलालाई क्ष्तिपूर्तिको व्यवस्था गर, भ्रष्टाचारीलाई कारवाही गर, पीसीआर परीक्षणको दायरा बढाउ, गरिब जनतालाई राहतको व्यवस्था गर, क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकालाई पोषणयुक्त खानाको व्यवस्था गर लगायतका नारा लगाउँदै सरकारको विरोध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .