कैलालीमा बुधवार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
कैलालीको गोदावरी नगरपालिकाका ४ महिला सहित ३२ जना, लम्कीचुहा नगरपालिकाका ६ महिला सहित २५ जनामा संक्रमण पुष्टि भएको उनले बताए।
संक्रमण पुष्टि हुनेमा ५ वर्षदेखि ६० वर्ष उमेरका छन्।

प्रतिक्रिया