बेलायतका वैज्ञानिकले कोरोना भाइरसविरुद्धका खोपले यसको संक्रमणबाट अति ग्रस्त वृद्ध उमेरका व्यक्तिलाई सम्भवतः काम गर्न नसक्ने बताएका छन्।
ब्रिटिस इम्युनोलोजी सोसाइटीका अध्यक्ष तथा युसीएलमा इम्युनोलोजीका प्राध्यापक अर्ने अकबरले यस विषयमा आफ्नो राय दिएका हुन्।
उनले भनेका छन्, ‘एउटा कुरा के स्पष्ट छ भने स्वस्थ वेद्ध व्यक्तिको शरीरमा पनि सामान्यतः इन्फ्लेमेसन बढी हुन्छ। हामीले के बुझ्न जरुरी छ भने इन्फ्लेमेसन कहाँबाट आउँछ र यो कमजोरीसहित अन्य थुप्रै लक्षणका रूपमा किन देखापर्छ, जब जब मानिस बूढो हुँदै जान्छ। ज्ब तपाईं कोरोना भाइरसबाट संक्रमित बन्नुहुन्छ, तब यो इन्फ्लेमेसन निकै बढ्ने गर्छ। यस्तोमा वैज्ञानिकले इन्फ्लेमेसन आखिर कहाँबाट आउँछ भनेर पत्ता लगाउनुपर्छ। यो एउटा यस्तो कुरा हो जसबारे हामीले आफ्नो अवधारण विकास गर्नुपर्नेछ।’
इन्फ्लेमेसन भनेको त्यो प्रक्रिया हो, जब शरीर कुनै संक्रमण वा समस्यासँग लड्न बढी संघर्ष गर्छ।
अबकरको भनाइ उद्धृत गर्दै बेलायती पत्रिका द गार्डियनले लेखेको छ, ‘वृद्ध व्यक्तिलाई खोपका साथै इन्फ्लेमेसन रोक्ने अन्य अन्य औषधि पनि दिनुपर्नेछ, जस्तै ः स्टेरोइड औषधि डेक्सामेथासोन, जसले भाइरसका कारण पैदा भइरहेको इन्फ्लेमेसन रोक्न सकोस्। यसको मद्दतले कोभिड–१९ द्वारा संक्रमितको ज्यान बचाउन मद्दत पाइएको छ।’
खोपका साथ डेक्सामेथासोन दिइएको खण्डमा भने वृद्ध उमेरका व्यक्तिमा पनि खोप प्रभावकारी हुनसक्छ।
उनले भनेका छन्, ‘खोपले युवालाई बढी फाइदा पुर्याउँछ र यसले जब युवा भाइरसबाट संक्रमित हुँदैनन् तब उनीहरूले आफ्ना घरका वृद्ध उमेरका अभिभावकलाई संक्रमण फैलाउन पाउँदैनन्। तर खोपले त्यस्ता व्यक्तिलाई सिधै सुरक्षा गर्न सक्ने देखिँदैन, जो गम्भीर परिस्थितीसँग जुधिरहेका छन्।’ बीबीसी

प्रतिक्रिया