गृह मन्त्रालयले काठमाडौं उपत्यकामा भित्रिएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गरेपछि मात्रै डेरामा आउन घरभेटीहरुले दबाब दिने गरेको भन्दै गृह मन्त्रालयले त्यसो नगर्न सचेत गराएको छ।
घरभेटीहरुको दबाबले दैनिक एक हजार भन्दा बढी मानिस पीसीआर परीक्षणका लागि शुक्रराज ट्रपिकल अस्पताल जाने गरेको र चिकित्सहकहरुलाई दबाब दिने गरेको गृह मन्त्रालयले उल्लेख गरेको छ।
मंगलबार जारी सूचनामा उपत्यका बाहिरबाट भित्रिने नागरिकलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न र कोरोनाको लक्षण देखिए मात्रै परीक्षण गर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गाइडलाइन अनुसार कारबाही गर्न गराउन काठमाडाैं, ललितपुर र भक्त्तपुर जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशन दिएकाे छ।


प्रतिक्रिया