समाज


मिर्गौला रोगी बालकले १२ दिनमा जिते कोरोनालाई

मिर्गौला रोगी बालकले १२ दिनमा जिते कोरोनालाई

नेपालखबर
असार ७, २०७७ आइतबार ८:३५,

सप्तरीको राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएको छ।

भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को संक्रमणमा परेका उनी १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएको हो।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए।

बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएकी छन्। ‘बालकैमा मिर्गौैला रोगी, त्यसमाथि कोरोनाको संक्रमण सुनेर अत्तालिएकी थिए’, बालककी आमाले भनिन्, ‘उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ।’ जटिल खाले लक्षणबिना कोरोनामुक्त बालकले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाउए। बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा बसेको १४ दिनपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।

दुवैको शुक्रबार पीसीआर परीक्षण गर्दा संक्रमण देखिएन। शनिबार उनीहरूसहित १४ जनालाई डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले भने। ‘म त बाल्यकालदेखि नै रोगी, त्यसमा कोरोना थपियो। चिन्ता मानेको भए परिणाम अर्को हन्थ्यो होला। कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा अठोट गरेँ’, बालकले भने। डिस्चार्ज भएका अरु पनि भारतबाट आएका हुन्।

सप्तरीमा हालसम्म ७१ जना निको भएर घर फर्किसकेका छन्। एक सय ५८ कोरोना भाइरसबाट संक्रमित भएको सप्तरीमा १२ महिला छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad