समाज


पोखराका १ सहित गण्डकी प्रदेशमा फेरि थपिए १९ संक्रमित

पोखराका १ सहित गण्डकी प्रदेशमा फेरि थपिए १९ संक्रमित

नेपालखबर
असार ७, २०७७ आइतबार ८:९,

पोखरा महानगरपालिकाका १ जनासहित गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले आइतबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै थप १९ जना संक्रमित भएको बताएका छन्।

जसमा पोखरा महानगरपालिकाका १ सहित कास्कीका २ जना, स्याङ्जाका १० जना, बागलुङका ५ जना, तनहुँका १ जना र नवलपसारी पूर्वका १ जना रहेका छन्।

संक्रमितहरु सबै भारतबाट आएका र अहिले सम्बन्धित जिल्लाका क्वारेन्टिनमा रहेको डा. शर्माले जानकारी दिए।

संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने् तयारी भइरहेको उनले जानकारी दिए।

यसअघि आइतबार (आजै) बिहान गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad