कारोबार


विवादबीच चिनियाँ कम्पनी जीडब्ल्यूएमद्वारा भारतमा सय करोड डलर लगानी

विवादबीच चिनियाँ कम्पनी जीडब्ल्यूएमद्वारा भारतमा सय करोड डलर लगानी

नेपालखबर
असार ७, २०७७ आइतबार ८:२५,

गतहप्ताको सोमबार लद्दाख नजिकको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो। उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ पक्षले भने हालसम्म आफ्ना सेनाको अवस्थाको बारेमा केही जानकारी दिएको छैन।

झडप भएकै दिन जुन १५ मा महाराष्ट्र सरकार र जीडब्ल्यूएमबीच सम्झौता भएको थियो। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले म्याग्नेटिक महाराष्ट्र क्याम्पिनको लागि १६ हजार करोड बराबरको लगानीको घोषणा गरेका थिए।

सोही घोषणा अन्तर्गत चिनियाँ कम्पनीसँग पनि सम्झौैता भएको थियो। यस सम्झौता अनुसार महाराष्ट्रमा ३ हजार मानिसले रोजगारी पाउनेछन्। साथै जीडब्ल्यूएमले भारतम चरणबद्ध रुपमा एक सय करोड अमेरिकी डलर लगानी गर्नेछ।

गतहप्ताको मंगलबार बिहान भारतीय संचारमाध्यममा ‘चिनियाँ सेनाद्वारा भारतीय सेना मारिए’ भन्ने खबरहरु सम्प्रेषण भइरहँदा सोही दिन ‘चिनियाँ कम्पनीले भारतमा लगानी गर्यो’ भन्ने समाचार पनि सार्वजनिक भएका थिए।

मानिसहरुले सीमा विवादबीच चिनियाँ कम्पनीले गरेको लगानीको विरोध जनाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad