कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ का १९ वर्षीय नवीन सावद र सोही ठाउँका २० वर्षीय चन्द्र सावदलाई पक्राउ गरेको हो।
पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया