हेटौँडा- भीमफेदी -कुलेखानी -काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढी र जुरिखेतमा खसेको पहिरो पन्छाएपछि सडकमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ। हेटौंडा-काठमाडौं बल्खु जोड्ने यो सबैभन्दा छोटो मार्ग हो।
हिजो रातिदेखि अवरुद्ध सडकखण्डमा आज बिहानदेखि गाडी चल्न थालेका हुन्। पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएका भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिए।

प्रतिक्रिया