ad ad

समाज


बाँसको भाटाले हानेर छिमेकीको टाउको फुटाएको भन्दै अधिकृतविरुद्ध प्रहरीमा उजुरी

बाँसको भाटाले हानेर छिमेकीको टाउको फुटाएको भन्दै अधिकृतविरुद्ध प्रहरीमा उजुरी

नेपालखबर
असार ५, २०७७ शुक्रबार २:५२,

छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध प्रहरीमा उजुरी परेको छ। छिमेकी रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार अधिकृत यादवविरुद्ध उजुरी दिएका हुन्।

गएको आइतबार प्रमुख प्रशासकीय अधिकृत यादवसहित उनका दाजुभाइले कार्यालय समयमा बाँसको भाटासहित घरेलु हतियारले आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै रामशरणले उजुरी दिएका हुन्। आक्रमणमा परी रामशरणका भाइ ३४ वर्षीय कालीचरणको टाउको फुटेको छ।

घाइते कालीचरणको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको छ। पतिको चिन्ताजनक अवस्थामा उपचार भइरहेको श्रीमती रामसुन्दर देवीले बताइन्।

कालीचरणलाई जोगाउन जाँदा घाइते हुनुभएकी कालीचरणकी भाउजू अडहुलियादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ।

प्रमुख प्रशासकीय अधिकृत रामलखन र रामशरणको सँगै जोडिएको जग्गाको साँधमा रहेको ऐलानी जग्गाको भोगका विषयमा दुई पक्षबीच लामो समयदेखि विवाद हुँदा झडप भएका स्थानीय बलराम यादवले बताए। विवादित जग्गामा कसैले घर नबनाउने गाउँलेको निर्णय भए पनि आरोपितले मौका छोपी जबर्जस्ती घर बनाउन लागेको र ऐलानी जग्गा खाली राख्नुपर्छभन्दा बाँसको भाटासहित घरेलु हतियारले आक्रमण गरेको गाउँलेहरुको भनाई छ।

तर, घटनाका बेला आफू घरमा नरहेको दाबी प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवलृ गरेका छन्। घटनाका प्रत्यक्षदर्शी हरिनारायण यादवले घटनाका बेलाको तस्विर देखाउँदै अधिकृत यादव घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरे।

जिल्ला प्रहरी कार्यालय, सप्तरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ। हालसम्म कोही पनि पक्राउ नपरेका जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .