समाज


भारतमा एकै दिन १३ हजार भन्दा धेरै संक्रमित थपिए, कस्तो कोरोनाबाट हुने मृत्युको पछिल्लो अवस्था?

भारतमा एकै दिन १३ हजार भन्दा धेरै संक्रमित थपिए, कस्तो कोरोनाबाट हुने मृत्युको पछिल्लो अवस्था?

नेपालखबर
असार ५, २०७७ शुक्रबार ०:४१,

बिहीबार एकै दिन भारतमा १३ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

वल्र्डओमिटरका अनुसार बिहीबार भारतमा १३ हजार आठ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। हिजो भारतमा कोरोना संक्रमणको कारण तीन सय ४२ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनको संख्या १२ हजार ६ सय चार पुगेको छ। यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म भारतमा संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ।

वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ६ जनाले ज्यान गुमाएका छन्। हिलेसम्म विश्वभर मृतकको संख्या चार लाख ५५ हजार पाँच सय ५८ पुगेको छ।

अहिलेसम्म विश्वभर ८५ लाख ६७ हजार दुई सय ८० जनामा संक्रमण देखिएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ७३ हजार चार सय २४ जना नयाँ संक्रमित थपिएका छन्। गएको २४ घण्टामा कोरोना संक्रमणबाट सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय चार जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad