समाज


संक्रमितसँगै रहेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै घर पठाइयो

संक्रमितसँगै रहेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै घर पठाइयो

नेपालखबर
असार ४, २०७७ बिहिबार १४:४,

बाजुरा जिल्लाको बूढीगंगा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टिनमा बसेका ६२ जनालाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन्।

कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै बुधबार नगरपालिकाले घर पठाएपछि स्थानीयवासी आक्रोशित बनेका हुन्।

धुरालसैन माविको क्वारेन्टिनमा बस्ने करिब १८७ जनाको पिसीआर जाँचका लागि धनगढी पठाइएको थियो। रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो। रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको आरोप स्थानीयवासीको छ। त्यस्तै बुधबार नै सदरमुकाम मार्तडीको बाजुरा क्याम्पस र मालिका माविको क्वारेन्टिनमा रहेकालाई पनि २३ दिनसम्म पिसीआर रिपोर्ट नआएपछि घर पठाइएको छ।

१७२ को पिसीआर रिर्पोर्ट नेगेटिभ
जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा रहेका १७२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ। धनगढी प्रयोगशालामा थन्किएको स्वाबको बुधबार साँझ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत प्रमुख दयाकृष्ण पन्तले बताउनुभएको छ। जाँच गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको र अझै धेरै जनाको रिपोर्ट आउन बाँकी रहेको पन्तले जानकारी दिएका छन्।

१३३ जनाको स्वाब संकलन
बाजुराको त्रिवेणी नगरपालिका स्वास्थ्य शाखाले आरडिटीका क्रममा पोजेटिभ आएकाहरुको पिसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गरेको छ। यसअघि गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेकाहरुको आरडिटीका क्रममा पोजेटिभ आएकाको स्वाब संकलन कार्य शुरु गरिएको नगरपालिकाका प्रवक्ता प्रेमबहादुर थापाले जानकारी दिएका छन्।

११६ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। बुधबार पहिलो दिन पार्वती माविबाट २७, महालक्ष्मी आधारभूत विद्यालयबाट एक, खिन्नै सत्यदेवी आधारभूत विद्यालयबाट १७ जनाको स्वाब संकलन गरिएको छ।

त्यस्तै त्रिवेणीकै रत्न मावि सेलिफालबाट २०, नवदुर्गा आधारभूत विद्यालयबाट सात, नाटेश्वरी आधारभूत विद्यालयबाट पाँच, नरसिंह निमाविबाट ११, कैलाशेश्वरी मावि दम्था वडा नं ७, ८ र ९ का २८ जना क्वारेन्टिनमा रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad