ad ad

समाज


भीमफेदी-कुलेखानी-काठमाडौं सडक र कान्तिराजपथ अवरुद्ध

भीमफेदी-कुलेखानी-काठमाडौं सडक र कान्तिराजपथ अवरुद्ध

नेपालखबर
असार ४, २०७७ बिहिबार ४:४९,

वर्षाको कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी काठमाडौँ जोड्ने सडक र कान्ति राजपथ अवरुद्ध भएको छ।

भीमफेदी गाउँपालिका-६ देउराली र चिसापानीगढीमा बिहीबार पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ।

भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाएर भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक पठाइएको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।

त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले हेटौँडालाई ललितपुरको सात दोबाटो जोड्ने कान्तिराजपथ अवरुद्ध भएको छ।

यो सडकका विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा-ललितपुरको यातायात सेवा बिहीबार बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ।

कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्नसम्ममा यातायात सेवा सञ्चालन गर्ने गरी काम अघि बढाइएको मकवानपुका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .