ad ad

समाज


अब बिरामी रिफर गर्नुअघि सम्बन्धित चिकित्सकसँग अनिवार्य समन्वय गर्नुपर्ने

अब बिरामी रिफर गर्नुअघि सम्बन्धित चिकित्सकसँग अनिवार्य समन्वय गर्नुपर्ने

नेपालखबर
असार २, २०७७ मंगलबार १६:२४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताल र चिकित्सकसँग समन्वय गरेर मात्र बिरामी रिफर गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ।

मंगलबार सूचना प्रकाशित गरी मन्त्रालयले रिफर भइजाने अस्पताल र चिकित्सकसँग समन्वय गरेर मात्र बिरामी रिफर गर्न जानकारी गराएको छ।

परिपत्रमा भनिएकाे छ- 'बिरामीहरुलाई एक अस्पतालबाट अर्काे अस्पतालमा रिफर गर्दा अस्पतालहरुबाट सहज समन्वय नहुँदा बिरामी प्रत्यक्ष मर्कामा परेकाे, २/४ वटा अस्पतालमा जानपर्ने बाध्यता भएकाे र साे क्रममा समयमा आवश्यक उपचार नपाइ मृत्युसमेत भएकाे घटनाहरु प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण भएकाे छ।'

refer.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .