बालविवाह गरेको आरोपमा ओखलढुंगाबाट प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको छ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा २५ जेठमा परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया किशोरीकोको विवाह भएको थियो।
किशोरीको उमेर नपुगी विवाह भएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो। उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन्।
पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र किशोरीका बुवा छन्। गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएका थिए। पक्राउ परेका उनीहरुलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया