कोरोना भाइरसबाट मुक्त भयो भनिएको न्युजिल्यान्डमा करिब एक महिनापछि पुनः यसको संक्रमण देखापरेको छ।
देश कोरोनामुक्त भयो भनेर प्रधानमन्त्री जसिन्डा आर्डर्नसमेत खुसीले नाचेको न्युजिल्यान्डमा झन्डै १ महिनापछि पहिलोपटक यसको संक्रमण देखापरेको हो।
याे पनि: न्युजिल्याण्ड कोरोना भाइरसमुक्त बनेपछि प्रधानमन्त्री जसिन्डा आर्डर्न खुशीले नाचिन्
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। यी दुई व्यक्ति भर्खर ब्रिटेनबाट फर्केका थिए।
स्थानीय मिडियाका अनुसार ती दुई व्यक्तिलाई आफन्तको दाहसंस्कारका लागि बाहिरबाट आउन छुट दिइएको थियो।
गत हप्ता मात्र न्युजिल्यान्डलाई कोरोनामुक्त देश घोषणा गर्दै लकडाउनलगायत सबै प्रतिबन्ध हटाइएको थियो।
तर अन्तर्राष्ट्रिय यात्रा भने अझै प्रतिबन्धित छ। जरुरी काम परेका नागरिक र आवश्यक कर्मचारीहरुलाई मात्र देश फर्कने अनुमति छ।
याे थपिएकाे समेत गर्दा न्युजिल्यान्डमा कूल संक्रमितकाे संख्या १ हजार ५ सय ५ पुगेकाे छ। काेराेनाका कारण त्यहाँ २२ जनाकाे मृत्यु भएकाे छ। बीबीसी
Shares

प्रतिक्रिया